हिरासतबाट भाग्ने २ अभियुक्त पक्राउ Ajako Artha |

हिरासतबाट भाग्ने २ अभियुक्त पक्राउ

काठमाडौँ–महानगरीय अपराध महाशाखाले हिरासत कक्षको ग्रिल काटी फरार भएका दुई अभियुक्तलाई पक्राउ गरेको छ ।  महाशाखाबाट खटिएको टोलीले चोरी र डाँका मुद्दामा पक्राउ परी महानगरीय प्रहरी प्रभाग बुङमती भैँसेपाटीमा असार २३ गते ग्रिल काटेर फरार रहेका रामेछापका रुद्रलाल श्रेष्ठ र शम्शेर माझीलाई आज साँझ पक्राउ गरेको हो ।      महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले हिरासत कक्षको शौचालयको झ्याल काटेर फरार रहेका अभियुक्तलाई काठमाडौँ बौद्धबाट पक्राउ गरिएको जानकारी दिए ।  पक्राउ परेका दुवैसँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।  ...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle