शिक्षकमा जागिर लगाइदिने भन्दै ६१ लाख ठगी Ajako Artha |

शिक्षकमा जागिर लगाइदिने भन्दै ६१ लाख ठगी

काठमाडौं– शिक्षक पेसामा जागिर लगाइदिने प्रलोभन दिँदै  करीब ६१ लाख ठगी गर्ने एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ ।  बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित श्री सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका प्राध्यानाध्यापक अनिल कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।   रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ६ का उनले पर्सा र रौतहटका जिल्लाहरुमा बसोवास गरी वस्ने अन्दाजी २० जना मानिसहरुलाई उक्त बिद्यालयमा शिक्षक पेशामा जागिर लगाई दिने भनि एक जना व्यक्ती बराबर रु २ लाख देखि ५ लाख सम्म गरी जम्मा ६१ लाख १४ हजार ५०० ठगी गरेको जिल्ला प्रहरी कार्यालय बारराले जनाएको छ।   पीडितले दिएको उजुरीको आधारमा उनलाई  प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित जितपुर बजारबाट पक्राउ  गरेको हो ।  प्हरीले बारा जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाइएको छ ।   ...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle