प्रतिबन्धित विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ Ajako Artha |

प्रतिबन्धित विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ

काठमाडौं–प्रतिबन्धित विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले आइतबार राती पक्राउ गरेको छ ।  राजधानीको काँडाधारीमा सुतिरहेका  लामालाई आइतबार मध्यराती प्रहरीको टोलीले घर हालेर नियन्त्रणमा लिएको हो ।  प्रहरीले उनको राजधानीका विभिन्न स्थानमा बम विस्फोटको घटनामा संलग्नता रहेको दाबी गर्दै खोजीकार्य तीब्र पारेको थियो ।  उनी काँडाधारीमा रहेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले जानकारी दिए । उनीमाथि अनुसन्धान भइरहेको भन्दै थापाले विप्लव कार्यकर्ता रेशम तामाङलाई पनि सँगै पक्राउ गरिएको बताए ।  लामा विप्लव समूहका प्रभावशाली नेता मानिन्छन् । ...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle