उपदान लिने प्राथमिक शिक्षक मुस्किलले एसएलसी पास Ajako Artha |

उपदान लिने प्राथमिक शिक्षक मुस्किलले एसएलसी पास

काठमाडौँ। उपदानका लागि आवेदन दिएका प्राथमिक तहका अधिकांश अस्थायी शिक्षकले दुई वा तीन पटकमा साविकको एसएलसी परीक्षा उत्तीर्ण गरेको पाइएको छ । एकै पटकमा एसएलसी परीक्षा उत्तीर्ण गरेकाहरूमध्ये अधिकांशले तेस्रो श्रेणीमा सो परीक्षा उत्तीर्ण गरेको पनि पाइएको छ ।  शिक्षक पदको  स्थायी परीक्षामा अनुत्तीर्ण भई उपदानका लागि आवेदन दिएका शिक्षकहरूको विवरण रुजु गर्ने कार्य भइरहेको छ । ती शिक्षकले बुझाएको शैक्षिक प्रमाणपत्र देखेपछि विद्यालय शिक्षक किताबखानाका पदाधिकारीहरू चकित परेका छन् । एसएलसी परीक्षा हम्मेहम्मे गरी उत्तीर्ण भएकालाई विगतमा भनसुनका आधारमा शिक्षक बनाइएको रहेछ भन्ने विषय किताबखानामा यतिबेला निकै चर्चामा छ ।  किताबखानाका उपसचिव रवीन्द्रकुमार बुढापिर्थीले भने, “अधिकांश शिक्षक पटक पटक परीक्षा दिएर एसएलसी परीक्षा उत्तीर्ण गरेका रहेछन् वा बल्लतल्ल तेस्रो श्रेणीमा उत्तीर्ण गरेका छन् । ” किताबखानाका कर्मचारीहरूका अनुसार निम्न माध्यमिक र माध्यमिक तहमा विगतमा अध्यापन गरेका अस्थायी शिक्षकले तेस्रो वा दोस्रो श्रेणीमा प्रमाणपत्र तह अथवा स्नातक तह उत्तीर्ण गरेका थिए । बुझाइएका प्रमाणपत्र हेर्दा विज्ञान र गणित विषय अध्यापन गरेका अधिकांश दोस्रो श्रेणीमा उत्तीर्ण गरेका अस्थायी शिक्षक थिए । गाेरखापत्रमा खबर छ ।...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle