© 2018 Feedle
दाङ - दाङको घोराही उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । १९ वटा वडा रहेको घोराही उपमहानगरपालिकामा १४ र १९ नम्बर वडाको मतगणना केहीबेर अघिदेखि सुरु भएको हाे । हिजो भएको मतदानमा ७६ हजार ५ सय २१ मत खसेको थियो दाङकै तुलसीपुर उपमहानगरपालिकामा भने जेठ ३ गतेदेखि मात्रै मतगणना गरिने छ । वडा नं १७ का अध्यक्ष पदका उम्मेदवार लवरु चौधरीको निधन भएपछि यस वडाको चुनाव ३ गतेका लागि सारिएको छ । दाङको लमही नगरपालिकासहित अन्य आठ पालिकाको मतगणना पनि सुरु भएको छ । ...
© 2018 Feedle