दुई हप्तामा ६० म्यानपारवर कारबाहीमा, अहिलेसम्म २४० को काम रोक्का Ajako Artha |

दुई हप्तामा ६० म्यानपारवर कारबाहीमा, अहिलेसम्म २४० को काम रोक्का

नयाँ आर्थिक वर्ष शुरु भएको दुई हप्तामा ६० म्यानपावर कम्पनी कार्वाहीमा परेका छन् ।  बैदेशिक रोजगार विभागले रोजगारीमा जाने कामदारलाई ठगी गर्ने र कम्पनीका कागजात नबुझाउने म्यानपावरलाई कारबाही गरेको हो ।  कारबाहीमा परेका म्यानपावरहरुको काम रोक्का गरिएको विभागका महानिर्देशक भिष्म भुसालले बताए ।  उनका अनुसार चालु आर्थिक वर्षका ६० सँगै अहिले २ सय ४ वटा म्यानपावर कम्पनीको काम कारवाही रोक्का छ । कारबाही रोक्का भएपछि उनीहरुले कुनै पनि वैदेशिक रोजगारीको क्षेत्रका कुनै पनि काम गर्ने पाउँदैनन् ।  कारबाहीमा पर्नेहरुमा कामदारलाई ठगी गर्ने, चर्को शुल्क लिने, विदेशमा अलपत्र पार्ने, काममा झुक्याउने, आयव्यव विवरण र कम्पनीका अन्य विवरण समयमै पेश नगर्ने म्यानपावर छन् ।  पीडितले दिएको उजुरीका आधारमा विभागले म्यानपावर कम्पनीको छानविन गरी कार्वाही गर्दै आएको छ ।   ...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle