नेकपाको एकता टुंगियो, ५ गते घोषणा Ajako Artha |

नेकपाको एकता टुंगियो, ५ गते घोषणा

काठमाडौँ– अन्ततः नेकपाको एकता प्रकृया टुंगोमा पुगेको छ ।  नेकपा  अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भागबण्डामा सहमति भएपछि नेताहरुले असार भित्रै एकता प्रक्रिया सक्ने भन्दै आएको बाचा पनि पूरा भएको छ ।  अध्यक्षद्धयसँगको मंगलबारको छलफलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा समेत सहभागी थिए ।  मंगलबारको छलफलपछि एकता प्रकृया टुगिएको महासचिव विष्णु पौडेलले बताए । उनले भने, ‘एकता प्रकृया निष्कर्षमा पुगेको छ । अव साउन ५ गते सचिवालय बैठकले अनुमोदन गरेर घोषणा गरिन्छ ।’ महासचिव पौडेलले कुन पद को व्यक्तिलाई तोक्ने भन्ने निर्क्यौल सचिवालय बैठकले गर्ने बताए ।   नेकपामा ३२ वटा विभभाग रहेका छन् । तत्कालिन नेकपा एमाले र माअओवादीबीच गत सालको जेठ ३ गते एकता घेषणा भएको थियो । तर १४ महिनासम्म पनि एकता प्रकृयाले पुर्णता पाएको थिएन । योसँगै जिल्ला इन्चार्ज र सहइन्चार्ज तथा विभागहरुमा ५ गतेको बैठकबाट जिम्मेवारीको घोषणा गरिनेछ ।...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle