© 2018 Feedle
बुटवल– सिद्धार्थ राजमार्ग अन्तर्गत हेडबक्स नजिकै गएको पहिरोले मोटरसाईकल बगाएउदा पाल्पका प मित्यालका गाउँपालिका ३१ बर्षीय धन बहादुर सुनारीको मृत्यु भएको छ । तीन देखि परेको अविरल बर्षाका कारण आएको पहिरोमा परी मोटरसाईकल बगाएको केही समय अगाडी बगाएको हो । गासहित झरेको पहिरोले बगाउँदा लु ५० प ४६७१ नं. मा सवार पाल्पा मित्याल गाउँपालिकाका ३१ वर्षीय धनबहादुर सुनारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताएका छन् । ढुंगासहित खसेको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । बुटवलबाट पाल्पाका लागि छुटेका सवारी साधनहरु तल्लो सिद्धबाबामै रोकिएका छन् भने पाल्पा हुँदै बुटवल आउन लागेका सवारी साधन दोभानमा रोकिएका ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । शवलाई अहिले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखीएको छ ।...
© 2018 Feedle