© 2018 Feedle
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको मूल राजनीतिक दस्ताबेजमाथि पुनः छलफल गर्ने भएको छ । पार्टीको अन्तरिम कालीन कार्यदिशा जबज कि जनताको जनवाद भन्नेबारे अन्योल देखिएपछि नेकपाले पुनः मूल राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर प्रकाशनको तयारी गरेको हो । पार्टी एकीकरण सम्पन्न भएको १३ महिनासम्म मूल राजनीतिक दस्तावेज प्रकाशन नहुँदा नेता–कार्यकर्ता पंक्तिमा कार्यदिशाकै बारेमा अन्योल देखिएकाले पुनः सचिवालयबाट सुझाब लिएर प्रकाशन गर्ने गरी शनिबारको बैठकमा एजेन्डाकै रूपमा छलफल हुन लागेको एक सचिवालय सदस्यले बताए । ‘दुई अध्यक्षबीच पहिले कार्यदिशामा देखिएको अन्योल चिरेर मूल राजनीतिक दस्तावेज प्रकाशन गर्ने सहमति भएको छ,’ ती सदस्यले भने, ‘शनिबारको सचिवालय बैठकको सुझाबसहित कार्यदिशाको अन्योल अन्त्य भएपछि बल्ल पार्टी पनि कता जान्छ भन्ने नक्सा प्रस्ट हुनेछ ।’ नयाँ पत्रिकामा खबर छ ।...
© 2018 Feedle