© 2018 Feedle
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाट तीव्र पारेका छन्। उपचारका लागि १० दिन सिंगापुर बसेर सोमबार फर्कनेबित्तिकै नेकपा अध्यक्षसमेत रहेका ओली सचिवालय बैठकको तयारीमा जुटेका हुन्। यस क्रममा उनले सचिवालय सदस्यहरूसँग सामूहिक र छुट्टाछुट्टै छलफल गरेका छन्। प्रधानमन्त्री ओलीले सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग बालुवाटारमा भेटघाट गरेका थिए। उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका थिए। ‘प्रधानमन्त्री आफ्नो दैनिक काममा सक्रिय भइसक्नुभएको छ। उहाँले स्वदेश फर्केलगत्तै राजनीतिक भेटघाट थालिसक्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने, ‘प्रधानमन्त्री फर्केलगत्तै उपप्रधानमन्त्री, पार्टी अध्यक्ष, महासचिवलगायत नेताहरूसँग भेटघाट गर्नुभएको छ। मंगलबार पनि बिहानैदेखि पार्टी नेताहरूसँग सचिवालय बैठकको गृहकार्यका लागि भेटघाट गर्नुभएको छ।’ सचिवालय बैठक बुधबार बस्दैछ। अन्नपूर्ण पाेस्टमा खबर छ ।...
© 2018 Feedle