© 2018 Feedle
धरान - डेंगुको प्रकोपका कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बिरामीको चाप बढेपछि निजी अस्पताल तथा क्लिनिकहरूले परीक्षणको नाममा लुट मच्चाइरहेका छन्। बिपी प्रतिष्ठानमा डेंगुको परीक्षण निःशुल्क भए पनि अत्यधिक चापले गर्दा बिरामीहरू बाहिर निजी क्लिनक तथा ल्याबतिर परीक्षण गर्न धाइरहेका छन्। निजी क्लिनिकहरूले यही मौकामा मनपरी शुल्क असुल गरिरहेको पाइएको छ। धरानलाई प्रकोप क्षेत्र घोषणा गरिएपछि प्रदेश सरकारले डेंगुका बिरामीको निःशुल्क उपचारको लागि बजेट विनियोजन गरेको थियो। भेन्टिलेटर खरिद र नियन्त्रण अभियानसमेतलाई प्रदेश सरकारले ८० लाख रुपैयाँ विनियोजना गरे पनि सर्वसाधारणहरू भने निजी ल्याबमा चर्को शुल्क तिर्न बाध्य छन्। उनीहरूले निःशुल्क उपचार होइन, डेंगु परीक्षणको नाममा ठगिनु परिरहेको छ। नागरिक दैनिकमा खबर छ ।...
© 2018 Feedle