© 2018 Feedle
विप्लव माओवादीका कार्यकर्ता नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मंगलबार रामारोशन गाउँपालिका गन्तव्य तय गरेको थियो। सो गाउँपालिकामा विप्लव माओवादीको गतिविधि बढेको गुनासो प्रहरीमा आएको थियो। विप्लव माओवादीको खासै प्रभाव नरहेको भनिए पनि त्यहाँ चन्दा–आतंक बढेको थियो। रामारोशन गाउँपालिकामा ‘अपरेसन’ चलाउने क्रममा प्रहरी टोली मंगलबार राति वडा नं. ४ झाता पुगेको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार चार दिनअघि जिल्ला प्रहरी कार्यालयबाट १९ जनाको टोली गस्तीमा निस्केको थियो। झाता अछामको विकट क्षेत्र मानिन्छ। प्रहरीका अनुसार सदरमुकाम मंगलसेनबाट बसमा चार घन ...
© 2018 Feedle