© 2018 Feedle
काठमाडौं– सुख्खा पहिरोका कारण सुरुङमा थुनिएका सबै १७ मजदुरको सकुशल उद्दार गरिएको छ । रसुवामा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत मजदुर गएराती ८ बजेतिरदेखि थुनिन पुगेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सक्रियतामा उनीहरुको आज बिहान ७ बजे उद्दार गरिएको रसुवाका प्रहरी प्रमुख भोगेन्द्र पुरुष ढकालले जानकारी दिए । उनका अनुसार ६ चिनियाँ र ११ नेपाली कामदार गरी १७ जना सुरुङभित्रै थुनिएका थिए । ...
© 2018 Feedle