© 2018 Feedle
काठमाडौँ - नेकपामा स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ कसलाई बनाउने भन्ने विवाद उत्कर्षमा रहेका बेला वैचारिक अभियान चलाउँदै आएका अर्का नेता घनश्याम भुसालले समेत दाबी गरेका छन् । तत्कालीन एमालेको नवौं महाधिवेशनबाट उपमहासचिव बनेका भुसाल अहिले नेकपा स्थायी समिति सदस्य छन् । मार्क्सवादी प्रशिक्षण र त्यससम्बन्धी अध्ययन गर्दै हिँड्ने नेता भुसालले पार्टीको विचार निर्माणमा आफूले खेलेको भूमिकाको कदर गर्न शीर्ष नेताहरूसँग आग्रह गरेका छन् । ‘यदि पार्टीभित्र न्याय छ भने त्यो विभाग मलाई दिनुपर्छ, यो पार्टीको विचार निर्माणमा मैले कम मिहिनेत गरेको छैन,’ भुसालले भने, ‘पार्टीलाई अझै वैचारिक रूपमा स्पष्ट बनाएर लैजानुपर्नेछ, त्यसका लागि अहिले पार्टीले लिएको राजनीतिक लाइनको सही व्याख्या र प्रचार हुनुपर्नेछ ।’ भुसालले तत्कालीन एमालेको आठौं महाधिवेशनमा नेपालमा २०६२/६३ सालको जनआन्दोलनपछि राजनीतिक क्रान्ति पूरा भएको र मुलुक पुँजीवादी चरणमा प्रवेश गरेको व्याख्या गरेर दस्तावेज ल्याएका थिए । त्यतिबेला तत्कालीन एमालेले उनको यो विचारलाई महाधिवेशनमा छलफलमै लगेन । कान्तिपुर दैनिकमा खबर छ ।...
© 2018 Feedle