© 2018 Feedle
असार र साउनमा अख्तियारको फन्दामा पर्नेमा धेरै इन्जिनियर रहेका छन्। विकास निर्माणका काममा घुस खाने प्रवृत्तिले उनीहरू अख्तियारको हिरासतमा पुगेकाे खबर अन्नपूर्ण पाेस्टमा खबर छ। विकास निर्माणमा कमिसनबापत् घुस लिने प्रचलन बसिसकेको छ। सबै साना ठूला आयोजनामा १० प्रतिशत त कमिसन खर्च छुट्याउनु पर्छ। यतिबेला अख्तियारको हिरासत इन्जिनियर र प्रहरीले भरिएको छ। घुसरकमसहित नियन्त्रणमा लिएकाहरूमध्ये र अनुसन्धानको सिलसिलामा आवश्यक परे अख्तियारको कानुनअनुसार हिरासतमा राख्ने गरिएको छ। अख्तियारका प्रवक्ता कोइरालाले अख्तियारको कानुनी नियन्त्रणमा रहेकाहरूबारे एकिन जानकारी दिने नगरिएको बताए। ‘रंगेहात पक्राउ परेकाहरू जसको मुद्दा दायर गरिएको छैन, उनीहरू अख्तियारको कानुनी हिरासतमा छन्’, उनले भने, ‘अनुसन्धानको सिलसिलामा आवश्यक परेका केही पनि छन्।’ आर्थिक वर्ष ०७५÷७६ को मा अख्तियारले गरेका कारवाहीमध्ये एक चौथाइमा इन्जिनियरसहित प्राविधिक घुससहित पक्राउ परेका छन्। अख्तियारको एक वर्षको यस्तो कारवाहीमा ५३ जना इन्जिनियरसहित प्राविधिक परेका छन्। अघिल्लो वर्ष अख्तियारले २ सय जनालाई घुससहित पक्राउ गरेको थियो। जसमा १ सय ६१ राष्ट्रसेवक कर्मचारी परेका छन्।...
© 2018 Feedle