© 2018 Feedle
काठमाडौँ — पाठ्यक्रम विकास केन्द्रले मुलुकभरका १ सय ३ सामुदायिक विद्यालयमा कक्षा १ को नयाँ पाठ्यक्रम परीक्षण थालेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले स्वीकृत गरेको विद्यालय तह कक्षा १–१२ को राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार १८ जिल्लाका विद्यालयमा परीक्षण थालिएको हो । चालु शैक्षिक सत्रमा परीक्षण गरेर आगामी वर्षदेखि देशभरका विद्यालयमा लागू गरिने केन्द्रका महानिर्देशक लेखनाथ पौडेलले जानकारी दिए । हाल २०६३ सालमा परिमार्जित पाठ्यक्रमका आधारमा विद्यालयहरूमा पठनपाठन हुँदै आएको छ । ‘नयाँ पाठ्यक्रमअनुसारपाठ्यपुस्तक बनाएर परीक्षण थालेका हौं,’ उनले भने, ‘यसबाट फिडब्याक लिन्छौं, केही सुधार गर्नुपर्ने भए गरेर शैक्षिक सत्र २०७७ देखि देशभर लागू गर्छौं ।’ कक्षा १–३ का लागि एकीकृत पाठ्यक्रम निर्माण गरिएको छ । मिल्ने विषयवस्तु सँगै पढाउने उद्देश्यसाथ एकीकृत पाठ्यक्रम बनाइएको हो । कान्तिपुर दैनिकमा खबर छ ।...
© 2018 Feedle