© 2018 Feedle
नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताएका छन्। झापाको विर्तामोडमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका विभिन्न नेताले महाधिवेशनको लाइनविपरीत बोलेका विचार निजी हुने स्पष्ट पारे। ‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले आफ्नो अलग्गै धारणा राख्न पाउने नेताको पनि अधिकार हो’, उनले भने, ‘तर पार्टीको आधिकारिक धारणा के हो भनेर प्रश्न उठ्यो भने कुनै अलमलमा पर्न जरूरी छैन, महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा।’ पत्रकारहरूले सोधेको ...
© 2018 Feedle