© 2018 Feedle
काठमाडौँ – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय खेलमा २ वर्ष प्रतिबन्ध लाग्ने खतरा बढेको छ । शनिबार राति कोपा अमेरिकामा तेस्रो स्थानका लागि चिलि विरुद्धको खेल पश्चात उनले गरेको टिप्पणीका कारण दुई वर्षको प्रतिबन्ध लाग्ने खतरा बढेको हो । चिली विरुद्धको खेलमा रातो कार्ड खाएका मेस्सीले खेलपछि मिडियासँग बोल्दै दक्षिण अमेरिकी फुटबल महासंघको कडा आलोचना गरेका थिए । खेल अर्जेन्टिनाले जितेपनि ३७ औं मिनेटमा सोझै रातो कार्ड खाएर उनले मैदान छाडेका थिए । चिलियन खेलाडी ग्यारी मेडेलसँग झडप परेपछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिएर मैदानबाट निकालेका थिए । खेलपछि उनले रेफ्रीको कडा आलोचना गर्दै मेडल समेत लिन अस्वीकार गरेका थिए । उनले महासंघ भ्रष्ट संस्था भएको आरोप लगाउँदै भ्रटाचारमा सहभागी नहुने बताएका थिए । उनले कोपा अमेरिकामा ब्राजिललाई जिताउन खोजिएको आरोप समेत लगाएका थिए । ‘म भ्रष्टाचारको हिस्सा बन्न चाहान्न । हामीलाई धेरै दुख दिइएको छ । हामी अघि बढन् सक्थ्यौं, तर हामीलाई फाइनल पुग्ने अनुमति थिएन,’ उनले भनेका थिए । मेस्सीले ब्राजिलसँगको खेलपछि समेत भिएआर चेक नगरेको भन्दै रेफ्रीको अलोचना गरेका थिए । नयाँपत्रिकामा खबर छ । मेस्सीको यो अभिव्यक्तको दक्षिण अमेरिकी फुटबल महासंघले छानबिन थाल्ने तयारी गरको बीबीसीले जनाएको छ । समाचार अनुसार यसै साता महासंघले मेस्सीको अभिव्यक्तिका बारेमा छलफल गर्न बैठक बोलाएको छ । महासंघको नियमअनुसार खेलको समयमा अपमानजनक व्यवहार गरे, खेल भावनाबिपरीत अभिव्यक्ति दिए, संस्थालाई आँच पुग्ने गरी अभिव्यक्ति दिए, कुनै हिंसामा सहभागी भएको मुद्दामा दोषी ठहर भए खेलाडीमाथि बढीमा दुई वर्षसम्मको प्रतिबन्ध लाग्नसक्ने नियम छ । यस्तै आर्थिक जरिवाना समेत लाग्ने छ । यदी उनीमाथि महासंघले छानबिन अघि बढाएर दोषी ठहर भएको खण्डमा उनी माथि दुई वर्षसम्म अन्तर्राष्ट्रिय करिअरमा प्रतिबन्ध लाग्नेछ । प्रतिबन्ध लागेमा उनले उनी आगामी वर्ष आयोजना हुने कोपा अमेरिका गुमाउनेछन् । कतारमा सन् २०२२ मा हुने विश्वकपका छनौट खेलसमेत मेस्सीले गुमाउनेछन् ।...
© 2018 Feedle