© 2018 Feedle
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम जोडिएपछि रबि लामिछाने र युवराज कडेल पक्राउ परेका छन् । अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरी चितवन लैजाने तयारी गरिरहेको छ । प्रहरीले आजै ओखलढुंगाकी अस्मिता कार्कीलाई पनि नियन्त्रणमा लिएको थियो । काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहका अनुसार न्युज २४ को कार्यालयबाट दुवैलाई पक्राउ गरेको हो । चितवन प्रहरीले दिउसो कार्की र साँझ रबि लामिछाने र युवराज कडेललाई पक्राउ गरेको हो । आत्महत्या अघि पत्रकार पुडासैनीले कार्की, पत्रकार रवि लामिछाने र युवराज कडेलका कारण आफुले आत्महत्याको बाटो रोजेको भिडियो सार्वजनिक भएको छ । उनलाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको जनाइएको छ । काठमाडौं प्रहरी परिसरका प्रमुख उत्तम सुवेदीका अनुसार उनलाई अनुसन्धानका लागि चितवन लगिदैछ ।...
© 2018 Feedle