© 2018 Feedle
काठमाडौँ — सर्वोच्च अदालतले विषादीयुक्त फलफूल तथा तरकारी नेपाल भित्र्याउने गरी सरकारले गरेको निर्णय लागू नगर्ने गरी यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो। यो आदेशले विषादी परीक्षण पुनः सञ्चालन गर्नुपर्ने भएको छ। गत असार १८ गते सीमा क्षेत्रमा विषादी परीक्षण रोक्नेविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। यसपूर्वको अन्तरिम आदेश निरन्तर कायम राख्ने कि नराख्ने भन्ने विषयमा हिजो र आज निरन्तर बहस भएको थियो । आजको विषादीविरुद्ध परेका तीनवटा रीटमध्ये भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र नारायणप्रसाद दुवाडी रहेको पहिलो रीटको आजको पेशीमा रिट निवेदक स्वागत नेपाल र नारायण प्रसाद दुवाडीको तर्फबाट अधिवक्ता दुवाडी, नेपाल, दुवाडी र नेपाल, विकास भट्टराई, विष्णु तिवारी, शुभराज शिल्पकार, चन्दा चौलागाई, तुलसा शर्मा, रवीन्द्र तामाङ समेतले बहस गरेका थिए । यो आदेशसँगै सरकारको निर्णय शुन्य बराबर भएको रिट निवेदक नेपालले बताए । ...
© 2018 Feedle