© 2018 Feedle
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संबिधानसँग बाझिने गरी ल्याईएको गुठी सम्बन्धी बिधेयक तत्कालै फिर्ता हुनुपर्ने बताउॅनुहुदै जबर्जस्ती संसदबाट पारित गराउँन खोजिए कांग्रेसले संसद र सडकबाट शसक्त प्रतिकार गर्ने चेतावनी दिनुभएको छ। जनबिरोधी गुठी बिधेयक र मिडिया बिधेयक तत्कालै फिर्ता नलिए सरकारले ठुलो मुल्य चुकाउॅनुपर्ने उहाॅले बताउॅनुभयो। डा कोइरालाले सरोकारवालासँग छलफल बिना नै गुठीको सम्पती हरण गर्ने मनसायले यो बिधेयक ल्याएर कम्युनिष्ट सरकारले धर्म, संस्कृति, र जनताको आस्था माथी आक्रमण गरेको बताउॅनुभयो। गुठी बिधेयकको आडमा सरकारले जातिय द्धन्द निम्त्याउॅन खोजेको पनी बताउॅनुभयो। "भु माफिया,मन्त्रिहरु र कर्मचारिको मिलेमतोमा यो बिधेयक ल्याईएको छ" डा कोइरालाले भन्नुभयो-"यदि यो गुठी बिधेयक संसदबाट पास भए नेपाल भन्ने शब्द मात्रै रहन्छ। धर्म संस्कृति,परम्परा र मौलिकता सबै समाप्त हुन्छ।त्यसकारण यो बिधेयक कुनै पनी हालतमा पास हुन दिदैनौं। सरकारलाई यति मात्र भन्छु।बिनास काले बिपरित बुद्धी।" काभ्रे कांग्रेसले बनेपामा आयोजना गरेको "राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रम" लाई संबोधन गर्नुहुदै नेता डा कोइरालाले गुठी धर्म, संस्कृति, पुरातात्विक सम्पदा र आस्थाको धरोहर भएको पनी बताउॅनुभयो। कार्यक्रममा काभ्रे कांग्रेसका सभापती मधु आचार्य, पुर्व राज्यमन्त्री कंचन बादे,पुर्व सांसदहरु- तिर्थ लामा र हर्षजित लामा, क्षेत्रिय सभापतीहरु-महेश खरेल र रमेश हुमागाई, प्रदेस सभा उमेदवारहरु-गणेश लामा र सिबि लामा लगायतले सरकार बर्बर निरंकुशतातर्फ अगाडी बढेको बताउॅनुभयो।...
© 2018 Feedle