© 2018 Feedle
अपहरणमा परेको भन्दै आफ्नै परिवारसँग २३ लाख फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अपहरणको नाटक गरी आफ्नै परिवारसँग २३ लाख फिरौती रकम माग गर्ने दार्चुला घर भई जडीबुटी बस्ने जयभान सिंह धामीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो। उनले आफूलाई अज्ञात समूहले अपहरण गरेको र २३ लाख मागेको भन्दै परिवारलाई फोन गरेका थिए। उनका परिवार प्रहरीमा आएर जाहेरी दिएपछि चावहिलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी धिरज सिंहले बताए। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ...
© 2018 Feedle