© 2018 Feedle
गोरखा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैपक्षसँग आग्रह गरेका छन् । पालुङ्टार नगरपालिका वडा नं. १ खोप्लाङ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले भने ‘समृद्ध नेपाल निर्माणको पक्षमा एकताबद्ध होऔं,एकले अर्कोलाई खुट्टा नतानौं ।’ दरिद्र चिन्तन राख्नेलाई जनताले पाखा लगाउने प्रवक्ता श्रेष्ठको भनाई छ । नेकपा सरकारमा भएको र सरकारमा छौं भनेर कसैलाई भेदभाव गर्न नचाहेको बताउँदै सबैसँग एकता गरेर अगाडि बढ्न चाहेको उनले बताए । समृद्धिको पक्षमा साथ नदिनेलाई छाडेर अगाडि बढ्ने उनको भनाई थियो । विद्यालयको भवन निर्माणमा संलग्न सबै पक्षलाई धन्यवाद दिँदै आधुनिक भवनले मात्रै ग्रामिण क्षेत्रमा शिक्षाको विकास नहुने उनले बताए । गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको उनको भनाई छ । गुणस्तर शहरमा मात्र होइन प्रत्येक गाउँ गाउँमा हुनुपर्ने श्रेष्ठले बताए ।...
© 2018 Feedle