© 2018 Feedle
लगातारको प्रश्नपत्र आउट प्रकरणपछि स्थगित गरिएको एसइईपछि आक्रोशित बनेका धनुषाका विद्यार्थीहरूले प्रदेश दुईका राज्यमन्त्रीको गाडी तोडफोड गरेका छन्। जनकपुरबाट वीरगञ्ज हिँडेका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा विद्यार्थीहरूले ढुंगामुढा गरेका हुन्। संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी युवा फोरमको वीरगञ्जमा भइरहेको बैठकमा भाग लिन गइरहेका बेला आन्दोलनरत विद्यार्थीहरूले ढुंगामुढा गरेका हुन्। ढुंगामुढा प्रहारबाट सामान्य क्षतिमात्र भएको मन्त्री निकट स्रोतले बतायो। उनका अनुसार गाडीको हल्का सिसा मात्रै फुटेको छ । प्रश्नपत्र आउट भएका कारण प् ...
© 2018 Feedle